नेपाल इन्भेस्टमेन्ट मेगा बैंकद्वारा क्युआर मर्चेन्टलाई सम्मान

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकद्वारा क्युआर मर्चेन्टलाई सम्मान

कैलाली : नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले फोन पे क्युआर मर्चेन्टलाई सम्मान गरेको छ । शनिवार धनगढीस्थित होटल रुबसमा आयोजित एक समारोहका बीच रोस्यो हस्पिटालिटि प्राइभेट लिमिटेड र धनगढी टायर हाउसलाई नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको क्युआरमार्फत आफ्नो संस्थामा कारोबार गरी डिजिटल बैंकिङ प्रणालीलाई प्रबर्द्धनमा योगदान गरेको भन्दै सम्मान गरिएको हो । सम्मान ग्रहण गर्दै रोस्यो हस्पिटालिटि प्राइभेट लिमिटेडका व्यवस्थापक हरी बस्नेत र धनगढी टायर हाउसका प्रोप्राइटर ईश्वर खड्काले बिगत लामो समयदेखि नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको ग्राहकको रुपमा कारोबार गर्दा हालसम्म बैंकले प्रदान गर्ने सम्पूर्ण सेवा सुबिधामा सहज भएको र अहिलेको युग प्रबिधिकै युग भएकोले आगामी दिनमा डिजिटल कारोबारलाई अझै बढाउदै लैजाने बताए साथै उनले बैंकले सम्मान गरेकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका सम्पत्ति, दायित्व एवं मार्केटिङ व्यवस्थापन प्रमुख जेनु थापा, डिजिटल बैंकिङ बिभाग प्रमुख विश्व सिंह, धनगढी प्रदेश प्रमुख तारानाथ लम्साल, मार्केटिङ म्यानेजर सृजना न्यौपाने बस्नेत, डिजिटल बैंकिङ बिभागका पशुपति सुवेदी, आशिष गजुरेल र धनगढी प्रदेश अन्तर्गत रहेका विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको बैंकका धनगढी प्रदेश रिलेसनशिप अफिसर टेकराज जोशीले जानकारी दिए ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *