‘पुतली सरकार दूतहरू नियमसम्मत देखिएनन्, दिएको तलब अनियमित भयो’

‘पुतली सरकार दूतहरू नियमसम्मत देखिएनन्, दिएको तलब अनियमित भयो’

गोकुलेश्वर । बैतडीको डिलाशैनी गाउँपालिकाले राखेका सद्‍भावनादूतलगायत अन्य १३ कर्मचारी नियसम्मत नभएको खुलेको छ।

महालेखा परीक्षक कार्यालयको आर्थिक वर्ष २०७९/८०को वार्षिक प्रतिवेदनले डिलाशैनी गाउँपालिकाले राखेका सद्‍भावनादूतलगायत अन्य १३ कर्मचारी नियसम्मत नभएको खुलासा गरेको हो।

‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ को १ मा पालिकाले आफ्नो कार्यबोझ, राजस्व क्षमता, खर्चको आकार, स्थानीय आवश्यकता र विशिष्टता समेतलाई ध्यानमा राखी संगठन तथा व्यवस्थापन सर्वेक्षणको आधारमा कर्मचारी पदपूर्ति गर्ने व्यवस्था छ भने दफा ८३ को ८ मा पालिकाले नगर प्रहरी, सवारी चालक, सयश, कार्यालय सहयोगी, प्लम्बर, इलेक्ट्रिसियन चौकिदार, माली, बगैँचे र सरसफाइसम्बन्धी पदमा मात्र करारबाट नियुक्ती गर्नुपर्ने व्यवस्था छ । त्यसैगरी सुदूरपश्चिम प्रदेश स्वयंम सेवक परिचालन कार्यविधि, २०७६ मा प्रदेश मन्त्रालयले प्रदेशअन्तर्गतका स्थानीय निकायमा स्वयम सेवक खटाउन सक्ने उल्लेख भएकोमा पालिका आफैँले कार्यविधि बनाई देहायका पदमा संगठन संरचना तथा व्यवस्थापन सर्वेक्षण नगरी स्वयम सेवक नियुक्ति र स्वयंम सेवकको हाजिरी अभिलेखसमेत नराखि वार्षिक ११ लाख ९० हजार ४ सय खर्च लेखेको नियमसम्मत नदेखिएको,’ महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ।

यस्तै, महालेखा परीक्षकले उनीहरूलाई दिएको तलबभत्ता ११ लाख ९० हजार ४ सयसमेत अनियमित भएको बताएको छ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *