दुहुँ गाउँपालिकाले प्रशासकीय भवन र अस्पताल निर्माणको ठेक्का सम्झौता रद्ध गर्दै

दुहुँ गाउँपालिकाले प्रशासकीय भवन र अस्पताल निर्माणको ठेक्का सम्झौता रद्ध गर्दै

दार्चुला : दार्चुलाको दुहुँ गाउँपालिकाले दुई वटा ठेक्का सम्झौता रद्ध गर्ने भएको छ । गाउँपालिकाले प्रशासकीय भवन निर्माण र १० शैय्या अस्पताल भवन निर्माणको ठेक्का सम्झौता रद्ध गर्न लागेको हो । जगदम्बा कौशिल यमुना जेभी, बुद्धनगर–१० काठमाडौंले निर्माणको जिम्मा पाएको अस्पताल निर्माण भवन दुहुँ गाउँपालिका–४ र वाई आर निर्माण कम्पनी प्रालि महेन्द्रनगर, कन्चनपुरले निर्माणको जिम्मा पाएको गाउँपालिकाको प्रशासकीय भवनको ठेक्का सम्झौता रद्ध गर्ने दुहु गाउँपालिकाले जनाएको छ ।

निर्माण कार्य सम्पन्न गर्ने अवधि समाप्त भइसकेको र पटक पटक लिखित तथा मौखिक ताकेता गर्दा समेत तोकिएको अवधिभित्र कार्य पूरा नगरेको र कार्य प्रगति सन्तोषजनक नदेखिएकाले सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ को उपदफा ७ तथा दफा ६३ को १ (ग) बमोजिम ठेक्का सम्झौता रद्ध गर्ने निर्णय गरिएको जनाइएको छ ।

यदि ठेक्का सम्झौता रद्ध गर्नु नपर्ने मनासिव कारण भएमा ७ दिनभित्र निर्माण व्यवसायी स्वयं उपस्थित भई लिखित स्पष्टीकरण पेस गर्नुहुन एक सूचना जारी गर्दै जनाएको छ । दुहुँ गाउँपालिकाको प्रशासकीय भवनको निर्माण कार्य पूरा हुन सकेको छैन् । यस्तै धारीमा निर्माण हुने १० शैय्याको अस्पताल भवनको निर्माण कार्य सुरुसमेत भएको छैन् ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *