दार्चुला । महाकाली नदीमाथि पानीको बहाव बढ्दै गएपछि दार्चुलाका सीमा नाकाका पुलहरू बन्द गरिएका छन्।
पानीको बहाव बढ्दै गएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा नदी महाकालीमा रहेका सबै झोलुङ्गे पुल बन्द गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
आज बिहानैदेखि आकस्मिकबाहेक अन्य नागरिकलाई सीमा पुलहरूमा आवतजावतमा रोक लगाइएको प्रहरीले जनाएको छ।
खलंगामा रहेको पुलघाट खलंगा, तिग्रम, दत्तु, जौलिजिवी, बाकु, लाली, मल्घट्टे, माललगायतका पुलहरूमा आकस्मिकबाहेक अन्य आवतजावत बन्द गरिएको प्रहरीले जनाएको छ।
तीन दिनदेखि लगातार पानी पर्दा महाकालीको बहाव निरन्तर बढिरहेको छ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?