काठमाडौं । एमालेले कांग्रेस र एमालेले बराबरीको हैसियतमा नै सरकार सञ्चालन गर्ने निर्णय गरेको छ।
बुधबार बसेको सचिवालय बैठकपछि पार्टीका उपमहासचिव प्रदिप ज्ञवालीले बराबरीको हैसियतमा सरकार सञ्चालन गर्ने र परिणाम दिन सक्ने मन्त्रीहरुको टिमलाई सरकारमा पठाउँने निर्णय भएको जानकारी दिएका छन्।
उनले भने, ‘पर्सि २८ गते प्रधानमन्त्रीको विश्वासको मत सँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने छ। हामीले सरकारमा पठाउँने मन्त्रीहरु लगायतका बारेमा पछि थप छलफल गर्ने छौं। अहिलेको हकमा हामीले एउटा सक्षम र परिणाम दिन सक्ने टिमलाई पठाउँनुपर्छ भन्ने सामान्य नीतिगत निर्णय गरको छौं। सामान्यतया नेकपा एमाले र कांग्रेसले बराबरीको हैसियतमा नै सरकार सञ्चालन गर्ने छ। यो राष्ट्रिय सहमतिको अभियानमा जोडिन चाहने अरू दलहरूलाई पनि हैसियत अनुसार स्थान दिने कुरामा सकारात्मक छौं।’
उनले भ्रष्टाचारको फाइल खोलेपछि सत्ता समिकरण फेरियो भनेर प्रधानमन्त्री र गृहमन्त्रीले गलत हल्ला फैलाएको भन्दै भ्रष्टाचारको फाइल खोल्न कसैले पनि नरोकेको बताए।
यो खबर तपाईंलाई कस्तो लाग्यो?