काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बनमा परेका महामन्त्री डा. मुकुल ढकालले सरकारमा गएर रबि लामिछानेले काम गर्न नसकेको आरोप लगाएका छन्। बुधबार पत्रकार सम्मेलन गर्दै डा. ढकालले सरकारमा गएर काम गर्न नसकेको विषय उठाएपछि विवाद भएको बताएका हुन्।
पार्टी सभापतिको बारेमा प्रश्न उठेपछि आफूले जनतासँग कुरा गरेको बताउँदै ढकालले पार्टीलाई क्लबको जस्तो गरि चलाएको आरोप लगाएका छन्।
उनले पार्टीलाई रवि लामिछानेको क्लबको रुपमा हाइज्याक गरेर चलाइएको आरोपसमेत लगाए। उनले रवि लामिछानेको क्लबबाट मुक्त गराउने बताए।
ढकालले आफूलाई प्रचलित कानुन विपरित कारवाही गरिएको बताउँदै राजनीतिक दलसम्बन्धि ऐन अनुसार स्पष्टीकरणको म्याद नै नसकिएको समयमा आफूलाई निलम्बनको पत्र थमाइएको जिकिर गरेका छन्।
उनले स्पष्टीकरणको मौका नदिएर कारवाही गर्न पाइदैन भन्दै निलम्बनको प्रक्रिया नमिलेको र आफू अहिलेपनि पार्टीको महामन्त्री रहेको जिकिर गरेका छन्।
आफूलाई उपसभापतिले निलम्बनको पत्र दिएको भन्दै त्यो नियम सम्मत नरहेको बताए।
यो खबर तपाईंलाई कस्तो लाग्यो?