एसइईमा दार्चुलाका ७ विद्यालय ‘निल’

एसइईमा दार्चुलाका ७ विद्यालय ‘निल’

दार्चुला : माध्यमिक शिक्षा परीक्षा २०८० मा दार्चुलाका सात वटा सामुदायिक विद्यालयको नतिजा शून्य आएको छ । शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाका अनुसार दार्चुलाका ५ स्थानीय तहका ७ वटा विद्यालयको नतिजा शून्य आएको हो ।
यस वर्षको एसइई परीक्षामा जिल्लाको महाकाली नगरपालिकाको अल्कापुरी मावि कोटकौतोली, शैल्यशिखर नगरपालिकाका भूमिराज मावि तौकी र बद्रीनाथ मावि बोहरीगाउँ, लेकम गाउँपालिकाका हुनैनाथ मावि कुणी र केदारनाथ मावि धरमघर, मालिकार्जुन गाउँपालिकाको निलपातालेश्वर मावि भर्तोला र मार्मा गाउँपालिकाको सल्लेधार मावि मुर्रैको नतिजा शून्य आएको शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाका सूचना अधिकारी लक्ष्मी जोशीले जानकारी दिए ।

यस वर्षको एसइई परीक्षामा जिल्लाका ७२ वटा सामुदायिक विद्यालय, ३ वटा संस्थागत विद्यालय र एक खुला गरी जम्मा ७६ विद्यालयले सहभागिता जनाएका थिए । जिल्लामा अधिकांश विद्यार्थीहरुको गणित, अंग्रेजी र विज्ञान विषयमा नन ग्रेडेड (एनजी) आएको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *