दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिकाले करार कर्मचारीहरुको म्याद नथप्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै पालिकाअन्तर्गतका वडा कार्यालय, स्वास्थ्य संस्थाहरु, सामुदायिक विद्यालयहरु र नगरकार्यपालिकाको कार्यालयमा कार्यरत कर्मचारीहरुको करार सेवा अवधी नथप्ने निर्णय भएको जनाएको छ ।
सोमबार प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बुढाद्वारा हस्ताक्षरित सूचनामा सेवा करारमा कार्यरत कर्मचारीहरुको मिति २०८१/०४/०१ देखि लागू हुने गरी म्याद थप नगर्ने भनि नगर कार्यपालिका र नगरसभाको बैठकबाट निर्णय भएको हुँदा मिति २०८१/०४/०१ देखि कामकाजमा नलगाउन हुन भनिएको छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?