दार्चुला : दार्चुलामा ट्राफिक नियम उल्लङ्घन गर्ने २५ सय बढी सवारी साधनलाई कारबाही गरिएको छ । आर्थिक वर्ष २०८०÷८१ मा ट्राफिक नियम उल्लघंन गर्ने २ हजार ५ सय ३६ सवारी साधनलाई कारबाही गरिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाका प्रमुख एवं प्रहरी सहायक निरीक्षक मदन बहादुर ऐरका अनुसार जिल्लामा सबैभन्दा बढी १ हजार ५ सय ८ जीप, कारलाई कारबाही गरिएको छ । यस्तै १ सय १७ ट्रक, २१ बस, २ सय ४२ टेक्टर, ३ सय ६६ मोटरसाइकल र २ सय ८२ अन्य सवारीसाधन कारबाहीमा परेका छन् ।
ट्राफिक नियम उल्लघंन गर्ने ट्रकहरुलाई कारबाही गर्दा ६४ हजार ५ सय रुपैयाँ, बसबाट १२ हजार ५ सय, जीप÷कारबाट ८ लाख २२ हजार, टेक्टरबाट १ लाख ४७ हजार, मोटरसाइकलबाट २ लाख ३२ हजार ५ सय र अन्य सवारी साधन कारबाहीबाट १ लाख ४६ हजार ५ सय गरी जम्मा १४ लाख २५ हजार रुपैयाँ राजस्व संकलन गरिएको कार्यालय प्रमुख ऐरले जानकारी दिए ।
क्षमता भन्दा बढी सवारी र समान बोक्ने, बिनालाइसेन्स सवारी चलाउने, ट्राफिक नियम उल्लघंन गर्ने सवारीसाधानलाई कारबाही गरिएको उनले बताए ।
ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक व्यवस्थापनका लागि ट्राफिक सचेतनामूलक कार्यक्रमहरू संचालन गर्दै नियममा कडाइ गरेको जनाएको छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?