दार्चुला : दार्चुलामा एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ । जिल्लाको लेकम गाउँपालिका वडा नम्बर १ सर्मोलीकी अन्दाजी ३८ वर्षीया सरिता साउँदको भीरबाट लडेर मृत्यु भएको हो ।
आइतवार दिउँसोतिर घाँस काट्ने क्रममा कालीचिउरी भन्ने भीरबाट लडेर साउँदको मृत्यु भएको स्थानीय चन्द्र सिंह साउँदले जानकारी दिए । साउँदका २ छोरा, ३ छोरी र श्रीमान रहेका छन् ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?