दार्चुला : गुरु पूर्णिमाका दिन लेकम गाउँपालिका-३ लालीस्थित महाकाली किनारको शिवालयमा दीप प्रज्वलन गरिएको छ । सीडाको आर्थिक सहयोग, अक्सफाम नेपालको प्राविधिक सहयोग तथा सामुदायिक ग्रामिण विकास समाज नेपाल दार्चुला द्वारा संचालित ट्रोसा दोस्रो परियोजनाअन्तर्गत गठन गरिएको जगन्नाथ महिला आर्थिक सशक्तीकरण केन्द्र लेकम गाउँपालिका-३ लालीले गुरु पूर्णिमाको अवसर पारी पुलघाटस्थित शिवालयमा दीप प्रज्वलन गरेको हो ।
महाकाली नदी स्वच्छता अभियानलाई समर्थन गर्दै दीप प्रज्वलन गरिएको जगन्नाथ महिला आर्थिक सशक्तीकरण केन्द्र लेकम गाउँपालिका-३ लालीका अध्यक्ष पार्वती चन्दले जानकारी दिए ।
अब हरेक महिनाको पूर्णिमा र औंशीका दिन उक्त ठाउँमा दीप प्रज्वलन गरिने उनले बताए । साथै उक्त कार्यलाई निरन्तरता दिदै स्थानीय युवा, समाजसेवी, बुद्धिजीवी र स्थानीय सरोकारवालाहरुलाई पनि यसमा जोड्दै लैजाने ट्रोसा दोस्रो परियोजनाका फिल्ड सुपर भाइजर जगत सिह ऐरीले बताए ।
दीप प्रज्वलन कार्यक्रममा जगन्नाथ महिला आर्थिक सशक्तीकरण केन्द्रका कोषाध्यक्ष भागरथी भण्डारी, सचिव तारा बिष्ट लगायत अन्य स्थानीय महिलाहरुको सहभागिता रहेको थियो ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?