दार्चुला : दार्चुला सदरमुकाम खलंगामा एक विद्यार्थीमाथि कुटपिट भएको छ । एसइई तयारीको लागि सदरमुकाम खलंगा आएका मार्मा गाउँपालिका-४ का निलम ठगुन्नामाथि केहि केटाहरुको समूहले कुटपिट गरेको हो ।
शनिवार दिउँसो महाकाली नगरपालिका–५ महादेव मन्दिर नजिक ठगुन्नामाथि कुटपिट भएको नागरिक समाज दार्चुलाका अध्यक्ष महेश भट्टले जानकारी दिए ।
चार/पाँच जनाको समूहले उनीमाथि कुटपिट गरेको उनले बताए । कुटपिट गरि उनीहरु फरार भएका छन् ।
घाइते ठगुन्नालाई भट्टले जिल्ला अस्पताल दार्चुलामा लगेर उपचार गराएका छन् । उनको टाउँको र अनुहारमा चोट छ ।
घट्नामा संग्लनलाई खोजविन गरी कार्वाहीको माग गर्दै आफूले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको भट्टले बताए । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार घटनामा संग्लनहरुको खोजी भइरहेको छ ।
घटनाको अनुसन्धान गरि दोषीलाई कानूनी कारबाही गर : नेविसंघ
विद्यार्थी कुटपिट घटनामा संलग्नलाई तत्काल पक्राउ गरि दोषीमाथि कारबाही गर्न नेविसंघले माग गरेको छ ।
जिल्लाको सदरमुकाम बजार क्षेत्रमा आम नागरिकको सुरक्षामाथि नै प्रश्न उठ्ने, जिल्लास्थित सुरक्षा निकायलाईसमेत चुनौती दिने र विद्यार्थीलाई त्रसित बनाउने यो घटनामा तत्काल अनुसन्धान गरी दोषीलाई कानूनी कारबाहीमा ल्याउन बिज्ञप्तीमार्फतनेविसंघले माग गरेको हो ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?