दार्चुला : जिल्ला सदरमुकाम खलंगामा रहेको जीर्ण कभर्डहलको पूर्वमन्त्री एवं दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य दिलेन्द्र प्रसाद बडूले निरीक्षण गर्नुभएको छ । कभर्डहलको पुनः निर्माणका विषयमा सोमवार पूर्वमन्त्री बडूले अनुगमन निरीक्षण गर्नुभएको हो ।
खुलामन्चको छेउमा रहेको कभर्डहल २०७० सालमा महाकाली नदीमा आएको बाढीले आधा बगाएको थियो । सो वर्षबाट जीर्ण अवस्थामा उक्त कभर्ड हल छ ।
यसअघि पूर्वमन्त्री बडूले सांसद विकास कोष मार्फत भएपनि कभर्डहल पुनः निर्माणका लागि १ करोड विनियोजन गर्ने घोषणा गरेका थिए । सोही अनुसार कभर्डहल पुनः निर्माणका लागि १ करोड विनियोजन भएको छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?