दार्चुला : नेकपा एमाले जिल्ला कमिटि दार्चुलाका सदस्य धनबहादुर कुँवर नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । २०६३ सालदेखि एमालेमा सक्रिय कुँवर मंगलवार काँग्रेस प्रवेश गरेका हुन् ।
उनलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद बडूले खादा र माला लगाएर पार्टीमा स्वागत गरे । काँग्रेस प्रवेश गरेका कुँवरले एमालेमा अवसरबादी हावी भएको आरोप लगाएका छन् ।
साथै उनले काँग्रेसमा आफू नि:स्वार्थ रुपले प्रवेश गरेको बताउँदै आफ्नो प्रवेश फरक रहेको औल्याए । काँग्रेस प्रवेश गरेका उनलाई नेपाली काँग्रेस दार्चुलाले आमन्त्रित जिल्ला कार्य समितिमा मनोनित गरेको छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?