दार्चुला : सुदूरपश्चिम विश्वविद्यालयले स्नातक तहमा भर्ना आवेदन खुला गरेको छ । विभिन्न संकायतर्फका सेमेस्टर प्रणालीमा आधारित स्नातक तह प्रथम वर्षका शैक्षिक कार्यक्रमहरुमा भर्ना खुलेको सूजनामार्फत जनाइएको छ । शैक्षिक सत्र २०८१ का लागि मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र, विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, कानून, कृषि विज्ञान र प्राकृतिक स्रोत व्यवस्थापन संकायमा विद्यार्थी भर्ना खुलेको सुदूरपश्चिम विश्वविद्यालयले जनाएको छ ।
जसमा प्रवेश परीक्षा आवेदन फाराम वितरण साउन २३ गतेदेखि सुरु भई प्रवेश परीक्षा सञ्चालन भदौ अन्तिम हप्ता हुनेछ । विद्यार्थी भर्ना असोज दोस्रो हप्तासम्म हुने उल्लेख गरिएको छ । यस्तै पठनपाठन कात्तिक २० गतेदेखि सुरु गर्ने तथा सत्रान्त परीक्षा चैत तेस्रो हप्ता गर्ने कार्यतालिका छ ।
यसैबीच सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको दार्चुला बहुमुखी क्याम्पस खलंगा दार्चुलामा पनि मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन र शिक्षाशास्त्र संकायमा भर्ना खुलेको क्याम्पस प्रमुख नरेन्द्र राज अवस्थीले जानकारी दिए । उनका अनुसार भर्ना कार्यक्रम र परीक्षा संचालन केन्द्रीय कार्यालयको कार्यतालिका अनुसार नै हुनेछ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?