बन्धक बनाइएका विपिन जोशीको रिहाइको माग गर्दै हस्ताक्षर संकलन

बन्धक बनाइएका विपिन जोशीको रिहाइको माग गर्दै हस्ताक्षर संकलन

दार्चुला : प्यालेस्टाइनी विद्रोही लडाकु समूह हमासले बन्धक बनाइ राखेका विपिन जोशीको रिहाइको माग गर्दै दार्चुलामा हस्ताक्षर संकलन गरिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) दार्चुलाले बृहत हस्ताक्षर संकलन गरेको हो ।

जोशीको सकुशल रिहाइका लागि कुटनीतिक पहल गर्न सरकारलाई दबाव दिने उद्देश्यले क्याम्पस/विद्यालयका विद्यार्थी लगायत आम नागरिकको हस्ताक्षर संकलन गरिएको अनेरास्ववियु दार्चुलाका अध्यक्ष नरेन्द्र प्रसाद जोशीले जानकारी दिए । शुक्रवार दार्चुलामा दार्चुला बहुमुखी क्याम्पस जाने गेट नजिक सडकमा हस्ताक्षर संकलन गरिएको उनले बताए ।

हस्ताक्षर संकलन गरी जोशीको कुटनैतिक हिसाबले पहल गर्न अनुरोधसहित शनिवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पठाइने अध्यक्ष जोशीले बताए । विपिन जोशीलाई २०८० असोज २० गते हमास समूहले नियन्त्रणमा लिएर बन्धन बनाएको थियो ।

उनी सुदूरपश्चिम विश्वविद्यालयको कैलाली टिकापुरस्थित कृषि क्याम्पसमा बिएस्सी एजीमा अध्ययनरत विद्यार्थी हुन् ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *