भारतको धौलीगंगा बाँध खोलिदै, सतर्क रहन आग्रह

भारतको धौलीगंगा बाँध खोलिदै, सतर्क रहन आग्रह


दार्चुला : भारतको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएको छ । एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले परियोजनाको बाँध भदौ १५ गते मध्यान्ह १२ बजेदेखि भदौ १६ गतेसम्म खोलिने जनाएको छ ।

बाँध खोलेको समय र त्यसपछिका केही घण्टा महाकाली नदीमा जलस्तर बढ्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए । धौलीगंगा पावरस्टेशनको बाँधमा सिल्ट सरसफाई कार्य गर्नुपर्ने भएकाले बाँध खोलिन लागिएको हो ।

दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकाली नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले नदी छेउछाउमा नजान र सतर्कता अपनाइ राख्न आग्रह गरिएको छ ।

यसअघि यहि भदौ १ र २ गते भारतीय पक्षले धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलेको थियो । उक्त परियोजनाको बाँध वर्षातको समयमा सिल्ट सरसफाइका लागि बेलाबेला खोल्ने गरिएको छ । पछिल्लो समयमा भारतीय पक्षले बाँध खोल्नुपूर्व जानकारी दिने गरिकाले पूर्वसतर्कता अपनाउन सहज भएको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *