दार्चुला : दार्चुलामा खैरो हेरोइनसहित दुई युवक पक्राउ परेका छन् । जिल्लाको शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वरबाट सोही वडाका राम बहादुर चन्द र लेकम गाउँपालिका-२ का शन्तोष जोशी खैरो हेरोईनसहित पक्राउ परेका हुन् ।
शुक्रवार दिउँसो शन्तोष जोशीको कोठाबाट ४ सय मिलिग्राम खैरो हेरोईन (ब्राउन सुगर) फेला पारि उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए ।
गत शुक्रबार मात्रै गोकुलेश्वरबाट तीन जनालाई ९ सय ८० मिलिग्रामसहित पक्राउ गरिएको थियो । सुदूरपश्चिमको कैलाली र कंचनपुर जिल्लामा भेटिने खैरो हेरोईन पछिल्लो समय हिमाली जिल्ला दार्चुलामासमेत भेटिन थालिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?