जीप भीरमा अड्किएपछि..

जीप भीरमा अड्किएपछि..


दार्चुला : खलंगा-दल्लेख सडक खण्डको मालबेला पहिरो भएको ठाउँमा जीप दुर्घटना हुनबाट जोगिएको छ । शनिवार महाकाली नगरपालिका-३ काटैबाट खलंगातर्फ आइरहेको ना १ ज ३०७१ नम्बरको जीप दुर्घटना हुनबाट जोगिएको हो ।
बिहान १० बजेतिर मालबेला पहिरोको छेउ नजिकै ब्रेक फेल भएपछि जीप सडकबाट अघि बढेर भीरमा अड्किएको हो ।
जीपमा ६/७ जना सवार रहेका थिए । उनीहरु सकुशल रहेका छन् । भीरमा अड्किएको जीप निकाल्ने प्रयास भइरहेको छ । अहिले उक्त सडक अवरुद्ध बनेको छ । बिहिवार मात्रै सोही सडक खण्डको डुङरीमा अर्को जीप पनि पल्टिएको थियो ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *