दार्चुला : सिवाईसी नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय महाकाली दार्चुलाले स्थानीय महिलाहरुलाई वित्तीय साक्षरता र आधुनिक तरकारी खेती सम्बन्धी तालिम दिएको छ । शाखा कार्यालयले महाकाली नगरपालिका–१ कलौनका महिलाहरुलाई वित्तिय साक्षरता र आधुनिक तरकारी खेती सम्बन्धी तालिम दिएको हो ।
आइतवार कलौनका स्थानीयहरुलाई बिउबिजन समेत वितरण गरिएको छ । सिवाईसी नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय दार्चुलाको आयोजनामा उनीहरुलाई एक दिने वित्तीय साक्षरता र कृषिमा आधुनिकिकरण र व्यवसायमा आत्मनिर्भर बनाउन मौसमी तरकारी खेती प्रविधि सम्बन्धी जानकारी दिइएको र विउविजनसमेत वितरण गरिएको शाखा प्रवन्धक जनकराज जोशीले जानकारी दिए ।
श्रीबगडका २८ जना र कलौनका १२ गरी ४० जनाको उपस्थिति रहेको कार्यक्रममा महिलाहरुलाई वित्तिय सेवाबारे जानकारी, समग्र लघुवित्तको जीवन चक्र, संस्थाको परिचय, ग्राहकलाई दिने सेवा सुविधा, नीति नियम, बचतसम्बधी सम्पूर्ण जिवनचक्र, सदस्य मैत्री संस्थाको बारेमा जानकारी गराउनुका साथै सिवाइसी लघुवित्तले गरिरहेका गतिविधि, सदस्यलाई उत्पादनशिल ठाउँमा लगानी र लगानीको लागि सम्भावित क्षेत्र पहिचान तथा जानकारी, वित्तिय मार्गचित्र निर्माण र बचत गर्ने वानीको विकास लगायतका विषयमा शाखा प्रबन्धक जोशीले छलफल गरे ।
परम्परागत कृषि खेती गरिरहेका कृषकहरुमा आधुनिक तरकारी खेतीको उत्पादनको सम्भाव्यता, हालको मौसममा गरिने तरकारी खेती जस्तै धनिया, चन्नसुर, नेथी र पालुङ्गोको विउविजन वितरणसहित खेती प्रविधि बारे जानकारी र मौसमी तथा बेमौसमी खेती प्रविधि, रसायनिक विषाधीलाई न्युनिकरण गरि जैविक विषादी प्रयोग गर्ने, बेर्ना उत्पादन गर्ने तरीका र सफल कृषि उद्दमीबारे प्राबिधिक जानकारी, प्राविधिक ज्ञान र बजारीकरण बारे छलफल गरिएको संस्थाका कृषि प्राविधिक योगेश कुँवरले जानकारी दिए ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?