दार्चुला : सुदूरपश्चिम र सुदूरपश्चिमेलीको बारेमा तथानाम भन्ने युवती दुर्गा दाहाल साउँदविरुद्ध प्रहरीमा जाहेरी परेको छ। सुदूरपश्चिम प्रदेशको दार्चुला दुहुँ गाउँपालिका-५ गरमोरा घर भएका अधिवक्ता कृष्ण महराले बुधवार साउँदविरुद्ध प्रहरीमा जाहेरी दिएका हुन् । पाटन उच्च अदालत बार एसोसिएसनका सदस्यसमेत रहेका महराले आज जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गराएको जनाएका छन् ।
अमेरिकामा घटेको एउटा घटनाको विषयलाई लिएर ती युवती साउँदले सामाजिक सञ्जालमा सिङ्गो सुदूरपश्चिमबासीलाई बदनाम गराउने मनसायले अभिव्यक्ति दिनुका साथै तथानाम बोलेकी थिइन् । उनले सुदूरपश्चिमका मान्छेहरु सबैको चरित्र खराब हुने भन्दै कुप्रचार गरेकोले कारबाहीको माग गर्दै अधिवक्ता महराले मुद्दा हालेका हुन् ।
सुदूरपश्चिमको कञ्चनपुर घर बताउने दुर्गाले ‘सुदूरपश्चिमका मान्छेहरु रक्सी खाएर हिँड्ने, रक्सी भनेपछि धेरै खाने, कसले बढी केटी ल्याउने, कसका बढी गर्लफ्रेण्ड हुने, कसले बढी रक्सी खाने कम्पिटिशन हुन्छ’ भन्दै टिकटकमा भीडीओ पोष्ट गरेकी थिइन्। उनले उक्त भिडियोमा सुदूरपश्चिममा छोरी बिहे गरेर दिनु भनेको नर्कमा पठाउनु सरह हो समेत भनेकी छिन् ।
साथै उनले युट्युवहरुमा अन्तरवार्तासमेत दिइकी थिइन् । उनको पोष्टमा विरोध भएपछि उनले सुदूरपश्चिमका युवतीहरु भारतस्थित दिल्लीको जिबी रोडमा भेटिने भन्दै कमेन्ट समेत गरेकी थिइन्। उनको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ ।
विद्युतीय कारोबार ऐन अन्तर्गत अपराध गरेको भन्दै दुर्गालाई तुरुन्त पक्राउ गरी अनुसन्धान गर्न जाहेरीमा उल्लेख गरिएको छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?