दार्चुला : निजामती सेवा दिवस २०८१ को अवसरमा दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँद पुरस्कृत हुनुभएको छ । सरकारले दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी साउँदसहित देशभरबाट ४० जना कर्मचारीहरुलाई पुरस्कृत गरेको हो ।
उत्कृष्ट निजामती सेवा पुरस्कारबाट १० जना र निजामती सेवा पुरस्कारबाट ३० जना गरी ४० जना पुरस्कृत भएका छन् ।
दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी साउँद निजामती सेवा पुरस्कारबाट ५० हजार रुपैयाँ सहित सम्मानित भएका छन् ।
यस्तै उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने १० जनालाई एक लाख रुपैयाँ नगद र अन्य ३० जना निजामती सेवा पुरस्कार पाउने कर्मचारीलाई ५० हजार रुपैयाँसहित पुरस्कृत गरिएको छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?