अनेरास्ववियुद्वारा अनाथ छात्रावासका बालबालिकाका लागि आर्थिक सहयोग

अनेरास्ववियुद्वारा अनाथ छात्रावासका बालबालिकाका लागि आर्थिक सहयोग


दार्चुला : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) दार्चुलाले महेन्द्र नमुना माविको अनाथालय छात्रावासमा बस्ने बालबालिकाका लागि आर्थिक सहयोग गरेको छ । छात्रावासमा बस्ने बालबालिकाहरुको व्यवस्थापनको लागि चार हजार सहयोग गरिएको अनेरास्ववियु जिल्ला कमिटि दार्चुलाका अध्यक्ष नरेन्द्र प्रसाद जोशीले जानकारी दिए ।

अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष नरेन्द्र प्रसाद जोशी, उपाध्यक्ष कृष्ण धामी, कोषाध्यक्ष खडक सिंह ठगुन्नासहितको टोलीले आइतवार महेन्द्र नमुना माविका प्रधानाध्यापक राम दत्त जोशीलाई उक्त रकम हस्तान्तरण गरेको हो ।

अध्यक्ष जोशीका अनुसार गत वर्ष होली खेलेर निर्माण गरिएको विद्यार्थी छात्रवृत्ति अक्षय कोषबाट छात्रावासमा बस्ने विद्यार्थीहरुको व्यवस्थापनका लागि चार हजार रुपैयाँ सहयोग गरिएको हो ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *