बसपार्क क्षेत्रमा प्रहरीको यात्रु सहायता कक्ष

बसपार्क क्षेत्रमा प्रहरीको यात्रु सहायता कक्ष


दार्चुला : जिल्ला प्रहरी कार्यालय दार्चुलाले सदरमुकाम स्थितको बसपार्क क्षेत्रमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । आउँदै गरेका चाडपर्वलाई मध्यनजर गरेर महाकाली नगरपालिका–५ बसपार्क क्षेत्रमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । बुधवार यात्रु सहायता कक्ष स्थापना गरि संचालनमा ल्याइएको छ ।

नजिकै आइरहेका दशैँ, तिहार र छठ जस्ता पर्वलाई मध्यनजर गर्दै यात्रुको सहजताका लागि यात्रु सहायता कक्ष संचालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी कान्ति राज जोशीले जानकारी दिए । चाडपर्वको समयमा यात्रुको चाप बाक्लो हुने र सो समयमा यात्रुले विभिन्न समस्या भोग्नुपर्ने भएकाले ती समस्या समाधानका लागि सहायता कक्ष स्थापना गरिएको उनले बताए ।

स्थापना गरिएको सहायता कक्षबाट यात्रुलाई ठगिनबाट जोगाउने र सुरक्षा प्रदान गरिने बताइएको छ । यस्तै चाडपर्वको समयमा यात्रुहरुको सवारीसाधनमा चाप बढी हुने र दुर्घटनाको जोखिम पनि निम्त्याउने भएकाले सवारी चेकजाँचमा कडाइ गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *