दार्चुला बहुमुखी क्याम्पस स्ववियुद्वारा वादविवाद प्रतियोगिता सम्पन्न

दार्चुला बहुमुखी क्याम्पस स्ववियुद्वारा वादविवाद प्रतियोगिता सम्पन्न


दार्चुला : सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । विजया दशमी तथा शुभदीपावलीको अवसरमा शुभकामना आदानप्रदान गर्ने कार्यक्रम राखेर युवाहरुको बढ्दो वैदेशिक यात्रा, रहर कि बाध्यता भन्ने शीर्षकमा वादविवाद प्रतियोगिता गरिएको हो ।

प्रतियोगितामा क्याम्पसका १८ जना विद्यार्थीहरुले सहभागिता जनाएको दार्चुला बहुमुखी क्याम्पस स्ववियु अध्यक्ष कृष्ण धामीले जानकारी दिए । वादविवाद प्रतियोगितामा प्रतियोगी खडक सिंह ठगुन्नाले प्रथम स्थान हासिल गरे । यस्तै द्धितीय ममिता ठगुन्ना र तृतीय कलावती धामी भए ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद २ हजार, द्धितीय १ हजार ५ सय र तृतीय पुरस्कार १ हजारसहित प्रमाणपत्र वितरण गरिएको स्ववियु अध्यक्ष धामीले बताए ।
स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष कृष्ण धामीको अध्यक्षतामा भएको कार्यक्रममा लेकम गाउँपालिका अध्यक्ष राम दत्त जोशीको प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा कार्यक्रममा क्याम्पस प्रमुख नरेन्द्र राज अवस्थी, निवर्तमान क्याम्पस प्रमुख कृष्ण सिंह साउँद, उप प्राध्यापक धाना धामी, मदन कार्की, माधव अवस्थी, खेमराज भट्ट, अनेरास्ववियु दार्चुलाका अध्यक्ष नरेन्द्र प्रसाद जोशी, नेविसंघका कार्यबाहक अध्यक्ष दिपक खाती लगायतको आतिथ्यता रहेको थियो ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *