शत्तेश्वर महिला आर्थिक सशक्तीकरण केन्द्रले मनायो प्रथम वार्षिकोत्सव

शत्तेश्वर महिला आर्थिक सशक्तीकरण केन्द्रले मनायो प्रथम वार्षिकोत्सव


दार्चुला : लेकम गाउँपालिका–३ रतौडास्थित शत्तेश्वर महिला आर्थिक सशक्तीकरण केन्दले आफ्नो प्रथम वार्षिकोत्सव मनाएको छ । सीडाको आर्थिक सहयोग, अक्सफाम नेपालको प्राविधिक सहयोग तथा सीआरडीएसद्धारा संचालित ट्रोसा दोस्रो परियोजना अन्तर्गत गठन भएको उक्त सशक्तीकरण केन्द्रले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो ।

प्रथम वार्षिक उत्सव कार्यक्रमका अवसरमा केदार आधारभूत विद्यालय रतौडाका बालबालिकाहरु माँझ हाजिरी जवाफ प्रतियोगिता गराई शैक्षिक सामग्री वितरण गरिएको ट्रोसा परियोजनाका फिल्ड सुपरभाइजर जगत सिंह ऐेरीले जानकारी दिए ।

शत्तेश्वर महिला आर्थिक सशक्तीकरण केन्द्रका अध्यक्ष कलावती टमटाले एक वर्षमा भए गरेका कार्यहरुको उपलब्धी बारे प्रतिवेदन सुनाउँदै ट्रोसा दोस्रो परियोजनाले महिलाहरुमा सकारात्मक परिवर्तन ल्याउनमा महत्वपूर्ण भूमिका खेलेको बताए ।

यस्तै उपाध्यक्ष रतना टमटाले भौगोलिक विकटता रहेको जिल्लाकै होचो स्थानका गाउँमा तीन वटै सरकारको नजर नपरेकोमा ट्रोसा परियोजनाले यहाँका समुदायलाई प्राथमिकतामा राखेर महिला आर्थिक सशक्तीकरण केन्द्र स्थापना गर्नु गौरवको विषय भएको बताए ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *