अनेरास्ववियुद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम

अनेरास्ववियुद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम

दार्चुला : दशैँ, तिहार तथा छठ पर्वको अवसरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन दार्चुलाले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ ।
अनेरास्ववियु जिल्ला कमिटि अध्यक्ष नरेन्द्र प्रसाद जोशीको अध्यक्षता तथा नेकपा एमाले पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री गणेश सिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा आइतवार कार्यक्रम गरिएको हो ।

शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा एमाले केन्द्रीय कमिटी सदस्य हरदेव जोशी, प्रदेश कमिटी सदस्य प्रेम सिंह धामी, हिरा सिंह धामी, उमेश सिंह खत्री, एमाले जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्ती, उपसचिव कर्ण बहादुर खडायत, निर्वतमान पार्टी उपाध्यक्ष चरन बुढाथोकी, एमाले जिल्ला कमिटी सदस्य खेमराज जोशी, विद्यार्थी इन्चार्ज गोविन्द सिंह धामी तथा नेविसंघका नेता दिपक खाती, नेपाल बुद्धिजिवी परिषद् दार्चुलाका अध्यक्ष धाना धामीले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा एमाले जिल्ला कमिटि सदस्य मंगल सिंह धामी, उपेन्द्र सिंह धामी, शैल्यशिखर नगरपालिका उपप्रमुख शान्ती खडायत, लेकम गाउँपालिका उपाध्यक्ष माधवी जोशी, युवा संघका अध्यक्ष मुकेश बहादुर पाल, दार्चुला बहुमुखी क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख कृष्ण सिंह साउँद, निकेश अवस्थी, पदम बडाल, स्ववियु अध्यक्ष कृष्णसिंह धामी, अनेरास्ववियुका विद्यार्थी नेताहरु, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *