मौसम अनुकुल रहँदा दार्चुलाका विद्यालय नियमित सञ्चालनमा

मौसम अनुकुल रहँदा दार्चुलाका विद्यालय नियमित सञ्चालनमा


दार्चुला : बाढी तथा पहिरोले प्रभाव पारेपछि देशभर तीन दिनसम्म विद्यालय बन्द गर्ने सरकारले निर्णय गरेपनि मौसम अनुकुल हुँदा दार्चुलाका विद्यालय नियमित सञ्चालनमा रहेका छन् । शनिवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभर भएको अविरल वर्षाबाट विभिन्न स्थानमा भौतिक तथा मानवीय क्षतिका भएकाले विद्यालय भवनमासमेत आकस्मिक व्यवस्थापन गर्नुपर्ने भएकाले आइतवारदेखि मंगलवारसम्म विद्यालय बन्द गर्न स्थानीय तहलाई अनुरोध गरेको थियो ।

तर, दार्चुलामा दुई/तीन दिन यतादेखि मौसम अनुकुल रहेकाले सबै स्थानीय तहले नियमित रुपमा विद्यालय सञ्चालनमा ल्याएका छन् । आइतवार जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा नियमित पढाई भयो । केही स्थानीय तहले सूचना प्रकाशन गर्दै प्रतिकूल मौसम र क्षतिविवरण नभएको भन्दै विद्यालय सञ्चालन हुने जनाएका थिए ।

जिल्लाको लेकम गाउँपालिकाले बिहान सूचना जारी गर्दै लेकम गाउँपालिका भित्र वर्षाका कारण भौतिक तथा मानवीय क्षतिको विवरण नआएको स्थिति र विद्यालय नियमित सञ्चालनमा असहज अवस्था नदेखिएकाले गाउँपालिकाअन्तर्गतका सम्पूर्ण शैक्षिक संस्थाहरु यथावत रूपमा सञ्चालन गर्न गराउन हुन सूचित गरेको थियो । अन्य पालिकाले कुनै सूचना नै जारी गरेनन् । दशै तिहारको लागि असोज १७ गतेबाट विद्यालय बन्द हुँदैछन् ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *