दार्चुलामा भन्सार छलीका समानसहित पसल सञ्चालक पक्राउ

दार्चुलामा भन्सार छलीका समानसहित पसल सञ्चालक पक्राउ


दार्चुला : दार्चुलामा भन्सार छलीका समानसहित एक जना पसल सञ्चालक पक्राउ परेका छन् । जिल्ला सदरमुकाम खलंगामा रहेको महाकाली नगरपालिका–४ भगवती टोलस्थितको अमित किराना तथा थोक पसलबाट भन्सार छलीको समानसहित पसलका सञ्चालक देवेन्द्र सिंह ठगुन्नालाई पक्राउ गरिएको हो ।

मंगलवार साँझ जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले ठगुन्नाको पसलमा छापा हान्दा बिल नभएका, भारतबाट भन्सार छली गरि ल्याइएका चामल, पिठो, चिनी, तेल, बिडी, चाउमिन, त्रिपाल, सलाई लगायतका समान फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कान्ति राज जोशीले जानकारी दिए ।

भन्सार छलीको ८६ हजार २ सय ९० मूल्य बराबरको समानसहित पसल सञ्चालक ठगुन्नालाई नियन्त्रणमा लिइएको उनले बताए । उक्त समानसहित संचालकलाई आवश्यक कारवाहीका लागि दार्चुला भन्सार कार्यालयको जिम्मा लगाइएको छ ।
 

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *