दार्चुलामा ६९ औं प्रहरी दिवस विविध कार्यक्रम गरी मनाइयो

दार्चुलामा ६९ औं प्रहरी दिवस विविध कार्यक्रम गरी मनाइयो


दार्चुला : ६९ औं प्रहरी दिवस–२०८१ विविध कार्यक्रम गरी मनाइएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख, प्रहरी नायव उपरीक्षक प्रकाश दाहालको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीको प्रमुख आतिथ्यतामा दिवस समारोह मनाइएको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाको प्राङ्गणमा रहेको अमर प्रहरी स्मारकमा पुष्प गुच्छाद्वारा श्रद्धाञ्जली अर्पण गरेर दार्चुलाका प्रमुख जिल्ला अधिकारी जोशीले दिवसको शुभारम्भ गरेका थिए ।

सोही अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरद्वारा प्रेषित शुभकामना सन्देश वाचन गरिएको थियो । प्रहरी दिवसको अवसरका उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारी, अमर प्रहरीका परिवारलाई सम्मान गरिएको छ । यस्तै कार्यालयले आन्तरिक रुपमा सञ्चालन गरेका खेल डबल ब्याडमिन्टन, टेबलटेनिस प्रतियोगिताका विजेताहरुलाई प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । ९२ वर्षीय भुतपूर्व प्रहरी जवान दिलानन्द बडू पनि सम्मानित हुनुभएको छ ।

प्रहरी दिवस समारोहमा सुरक्षा निकाय प्रमुखका प्रमुख, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, भूतपूर्व प्रहरी कर्मचारी, सरोकारवाला निकायका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाइँदै आएको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *