दार्चुला अस्पतालमा कार्यरत एनेस्थेसिया सहायक मिश्रको बिदाई

दार्चुला अस्पतालमा कार्यरत एनेस्थेसिया सहायक मिश्रको बिदाई


दार्चुला :  जिल्ला अस्पताल दार्चुलामा कार्यरत एनेस्थेसिया सहायक (असिस्टेन्ट) बागेश्वर प्रसाद मिश्रको मंगलवार अस्पताल बिदाई गरेको छ । निक साइमन इन्स्टिच्युट (एनएसआई) अन्तर्गत २०७५ माघ २७ गतेबाट जिल्ला अस्पताल दार्चुलामा काम थालेका एनेस्थेसिया सहायक (असिस्टेन्ट) मिश्र ५ वर्ष ७ महिनापछि यहाँबाट महाकाली अञ्चल अस्पताल गएका छन् ।

उनको मंगलवार एक कार्यक्रमका बीच जिल्ला अस्पताल दार्चुलाले बिदाई गरेको हो । एनएसआईले दुई वर्षको लागि दार्चुला खटाएका असिस्टेन्ट मिश्रको उत्कृष्ट कार्यसम्पादन देखिएकाले दार्चुलामा उनको कार्यकाल लम्बिएको थियो ।

कोरोना कालको समयमा मानव जीवन बचाउन उनको भूमिका उल्लेखनीय रहेको थियो । त्यो समयमा जिल्लामा तीन–तीन वटा भेन्टिलेटर, आइसियु सञ्चालन गरि १५ जनाको  जीवन बचाउनका साथै बिरामी जाचँ, जटिल खालका शल्यक्रिया लगायतका स्वास्थ्य सेवामा खटिएर काम गरेकाले उनलाई स्वास्थ्य कार्यालय दार्चुलाले दुई पटक र जिल्ला अस्पताल दार्चुलाले सम्मान समेत गरेको थियो ।
नेपालगञ्जको भेरी अस्पतालबाट स्वास्थ्य सेवा दिन सुरु गरेका मिश्रले विर अस्पतालबाट छात्रबृतिमा अध्ययन सकेलगत्तै दार्चुला आएका थिए ।

जिल्ला अस्पतालमा कार्यरत रहदा बिरामीहरुप्रति देखाएको अपनत्व तथा सहयोगी भावनाको उच्च कदर गर्दै बाकीँ जीवन सुखमय र सेवामूलक रहोस भन्दै बिदाई गरिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मर दत्त भट्टले बताए । उनको स्वभाव सरल र सेवामुखी थियो ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *