दार्चुला : दार्चुलामा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको नौगाड गाउँपालिका–५ भिडका अन्दाजी ५० वर्षीय अकबिर सिंह धामी बिहीवार साँझ मृत अवस्थामा फेला परेका हुन् । असोज २६ गते घरबाट नौगाड गाउँपालिका–४ सिप्टी जान्छु भनी हिडेका धामी दोस्रो दिन पनि घर नआए खोजी गरिएको थियो ।
खोजी गर्दै जाँदा घरबाट करिब ५ सय मिटर टाढा मृत अवस्थामा बिहीवार फेला परेको आफन्तले बताएका छन् । उनी बाटो भन्दा १०० मिटर तल लडेको अवस्थामा भेटिएका थिए ।
मदिरा सेवनका कारण लडेर उनको मृत्यु भएको बताइएको छ । उनी वडा नम्बर ५ स्थितको मालिकार्जुन आधारभूत विद्यालय भिडका कार्यालय सहयोगी हुन् ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?