दार्चुलाको खुलामन्चमा कभर्ड हल निर्माण हुने, डीपीआर बन्दै

दार्चुलाको खुलामन्चमा कभर्ड हल निर्माण हुने, डीपीआर बन्दै

दार्चुला : दार्चुला जिल्ला सदरमुकाम खलंगास्थित खुलामन्चमा कभर्ड हल निर्माण हुने भएको छ । कभर्ड हल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइरहेको छ । डीपीआर तयारका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को प्राविधिक टोली दार्चुला पुगेर आवश्यक कार्य गरिरहेको जिल्ला खेलकुद समिति दार्चुलाका अध्यक्ष मान सिंह बुढाथोकीले जानकारी दिए ।

आइतवार दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडू र राखेपका प्राविधिक नविन थापाले कभर्ड हल निर्माण हुने स्थानको अवलोकन गरेका छन् । महाकाली नगरपालिका–४ स्थित खुलामन्चमा निर्माण हुने कभर्ड हलका लागि चालू आर्थिक वर्ष २०८१÷०८२ मा संघीय सरकारबाट १ करोड बजेट विनियोजन भएको छ ।

कभर्ड हल निर्माण स्थलको अवलोकन गर्दै प्रतिनिधि सभा सदस्य बडूले राष्ट्रिय खेलकुद परिषदको प्राविधिक टोलीलाई यथाशक्य छिटो डीपीआर सम्पन्न गर्न निर्देशन दिए ।
उनले भने–‘हामी यसै वर्षदेखि कभर्ड हल निर्माण कार्यको सुरुवात गर्छौ, एक करोड विनियोजन भएको छ यसैबाट सुरु गर्छौ, बाँकी डीपीआरले भने अनुसार आगामी वर्षको बजेटबाट निर्माण सम्पन्न हुन्छ ।’

आजै प्रतिनिधि सभा सदस्य दिलेन्द्र प्रसाद बडूको प्रमुख आतिथ्यतामा जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय÷सर्वपक्षीय बैठक बसेको छ । उक्त बैठकले कभर्ड हल निर्माण कार्यमा स्थानीय प्रशासन, स्थानीय सरकार र जनप्रतिनिधि, सुरक्षा निकाय, राजनीतिक दल र सरोकारवाला सबैको सहयोग र सहकार्य रहने निर्णय गरेको छ । यस्तै कभर्ड हल निर्माण कार्यका लागि डीपीआर निर्माण लगायतको प्राविधिक प्रतिवेदन तयारी गरी दिन राष्ट्रिय खेलकुद परिषद्लाई अनुरोध गर्ने निर्णय भएको छ ।

खुलामन्चको छेउमा रहेको कभर्ड हल २०७० सालमा महाकाली नदीमा आएको बाढीले आधा बगाएको थियो । सो वर्षबाट जीर्ण अवस्थामा उक्त कभर्ड हल छ । जिल्लामा खेलाडीका लागि खेल मैदान र कभर्ड हल नहुँदा खेलकुद गतिविधि प्रभावित हुने गरेका छन् ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *