योजनाको प्रभावकारी कार्यान्वयन लागि प्राविधिक टोलीसहित पूर्वमन्त्री बडू जिल्ला भ्रमणमा

योजनाको प्रभावकारी कार्यान्वयन लागि प्राविधिक टोलीसहित पूर्वमन्त्री बडू जिल्ला भ्रमणमा


दार्चुला : दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडू यतिबेला आफ्नो पहलमा दार्चुलाको विभिन्न क्षेत्रमा समावेश गरिएका योजना, विनियोजित बजेटको तदारुकताका साथ कार्यान्वयनको लागि स्थलगत अध्ययन र स्थानीय सरोकारवाला संग छलफलको लागि प्राविधिक टोलीसहित जिल्ला भ्रमणमा छन् । बुधवार मात्रै पूर्वमन्त्री बडूले उकु–लाली–शेरा सडक खण्ड अन्तर्गतको बाँकुस्थित कुर्ज्यानी भीरको स्थलगत अवलोकन गरेका छन् ।

बजेट अभावका कारण तीव्र गतिमा काम हुन नसकिरहेको मालिकार्जुन गाउँपालिका–६ स्थित सडक खण्डको कुर्ज्यानी भीरका लागि चालू आर्थिक वर्षमा १ करोड रुपैयाँ विनियोजन गरिएको छ । उक्त बजेटको प्रभावकारी कार्यान्वयन र सडक निर्माणमा भइरहेका कार्य प्रगतिका बारेमा बुझ्न बुधवार प्राविधिकहरुसहित प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडू मालिकार्जुन गाउँपालिका–६ बाँकु पुगेको नेपाली काँग्रेस जिल्ला कार्यसमिति कोषाध्यक्ष हंसराज भट्टले जानकारी दिए । उनका अनुसार पूर्वमन्त्री बडूले यथाशीघ्र काम थाल्न र बजेटको सही सदुपयोग गर्न सरोकारवाला निकायलाई निर्देशनसमेत दिए ।

पूर्वमन्त्री बडूले कात्तिक ४ गते जिल्ला सदरमुकाम खलंगा खुलामन्चमा निर्माण हुने कभर्ड हलको निरीक्षण गरी राखेपको प्राविधिक टोलीलाई छिटो डीपीआर बनाउन आग्रह गरे । यस्तै कात्तिक ६ गते मालिकार्जुन गाउँपालिका–४ हुनैनाथ पुगी सरोकारवालासँग छलफल गरेका छन् । हुनैनाथ मन्दिरको पूर्वाधार विकास र पहिरो नियन्त्रणका लागि विनियोजित १÷१ करोडको योजना कार्यान्वयनको लागि स्थानीयहरुसँग छलफल गर्दै वन तथा वातारण मन्त्रालय वन तथा भू–संरक्षण विभाग अन्तर्गतको बृहत जलाधार व्यवस्थापन केन्द्र महाकाली पाटन बैतडी र सहरी विकास मन्त्रालयको सघन विकास कार्यालय डोटीका प्राविधिकद्धारा निरीक्षण गराइएको थियो ।

बुधवार उकू–लाली–शेरा सडक खण्ड अवलोकनमा प्रतिनिधि सभा सदस्य दिलेन्द्र प्रसाद बडू, सुदूरपश्चिम प्रदेश सभा सदस्य बिक्रम सिंह धामी, नेपाली काँग्रेस दार्चुलाका सभापति ललित सिंह बोहरा, जिल्ला समन्वय समिति प्रमुख महादेव बडू, नेपाली काँग्रेसका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश कार्य समिति सदस्य, नेपाली काँग्रेस मालिकार्जुन गाउँपालिका सभापति, मालिकार्जुन गाउँपालिका नम्बर ६ का वडाध्यक्ष, वडाका जनप्रतिनिधि, स्थानीय पूर्वाधार विकास कार्यालय धनगढीका ईन्जिनियर÷प्राविधिक कर्मचारी लगायत बृहत जलाधार व्यवस्थापन केन्द्र महाकाली पाटनका प्राविधिक लगायतको सहभागिता रहेको थियो ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *