दार्चुला : पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी बैतडी र दार्चुलाले मोटरसाइकल र्याली निकालेको छ । बिहीवार दिउँसो बैतडीको पाटनबाट सुरु गरिएको विरोध र्याली सतबाँज, सिल्लेगडा– पञ्ज्युनयाँ हुँदै गोकुलेश्वरमा पुगेको छ ।
अप्राहन्न ५ बजे दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित गोकुलेश्वर पुगेको र्याली कोणसभामा परिणत भएको छ । कोणसभालाई रास्वपा सुदूरपश्चिम प्रदेशका संस्थापक महामन्त्री भोज राज जोशी (क्वालीटी) सम्बोधन गरेका छन् । उक्त विरोध र्यालीमा बैतडी र दार्चुलाका रास्वपाका नेता तथा कार्यकर्ताहरु सहभागि छन् ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?