दार्चुला : दार्चुलाको ब्यास भ्याली होटल एण्ड लजमा एक भारतीय नागरिक मृत फेला परेका छन् । शनिवार साँझ बास बस्न होटलमा आएका भारत पिथौरागढ जिल्ला ग्राम धूरा बलुवाकोट तहसील धारचूलाका अन्दाजी ३० वर्षीय कुन्दन सिंह रावत मृत फेला परेका हुन् ।
आइतवार बिहान ८ बजेतिर होटलमा रावत मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ घटनास्थलमा अहिले प्रहरी खटिएको छ । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?