सेवा निवृत शिक्षकलाई महाकाली नगरपालिकाको सम्मान

सेवा निवृत शिक्षकलाई महाकाली नगरपालिकाको सम्मान


दार्चुला : दार्चुलाको महाकाली नगरपालिकाले सेवा निवृत शिक्षकहरुलाई सम्मान गरेको छ । लामो समय शिक्षण पेसा गरी सेवा निवृत हुनुभएका महाकाली नगरपालिकाका विद्यालयमा कार्यरत चार जना शिक्षकलाई सम्मान गरिएको महाकाली नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख हेमराज जोशीले जानकारी दिए ।

लामो समयदेखि शिक्षण पेसामा रही चालू आर्थिक वर्षको साउन देखि असोज महिनासम्म सेवा निवृत हुनु भएका महाकाली नगरपालिकाका शिक्षकलाई दोसल्ला र कदर पत्रले सम्मानित गरिएको उनले बताए । उनीहरुलाई सोमवार एक कार्यक्रमका बीच महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसिरले सम्मानित गरेका छन् ।

सम्मानित हुनेमा सेवा निवृत शिक्षक मालिकार्जुन आवि सकारका आन सिंह धामी, महेन्द्र नमुना माविका शिक्षक लक्ष्मी अवस्थी, जानकी अवस्थी र भुवनेश्वरी आवि पण्डोराका शिक्षक पदम सिंह खत्री रहेका छन् ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *