दार्चुला : नेकपा माओवादी केन्द्र दार्चुलाले जिल्लाका नौ वटै स्थानीय तहमा चाडपर्वको शुभकामना तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कात्तिक ४ गतेदेखि सुरु गरिएको पालिकास्तरीय कार्यक्रम मंगलवार सम्पन्न भएको हो ।
मंगलवार नौगाड गाउँपालिकामा चाडपर्वको शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम गरिएको छ । नेकपा माओवादी केन्द्र नौगाड गाउँपालिका कमिटिको आयोजनामा कार्यक्रम गरिएको हो ।
मंगलवार नौगाडमा कार्यक्रम गरिएसँगै जिल्लाव्यापी कार्यक्रम सम्पन्न भएको नेकपा माओवादी केन्द्र दार्चुला जिल्ला समन्वय समिति संयोजक पदम राज पन्तले जानकारी दिए ।
कात्तिक ४ गते जिल्लाको दुहुँ गाउँपालिकाबाट सुरु गरिएको कार्यक्रम ब्याँस गाउँपालिका, महाकाली नगरपालिका, मालिकार्जुन गाउँपालिका, लेकम गाउँपालिका, शैल्यशिखर नगरपालिका, मार्मा गाउँपालिका, अपिहिमाल गाउँपालिका हुँदै नौगाड गाउँपालिकामा गरिएको हो ।
दशैँ तिहार शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय कमिटी सदस्य एवं दार्चुला इन्चार्ज लक्ष्मण दत्त जोशी, केन्द्रीय सदस्य ललित सिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता एवं वैकल्पिक केन्द्रीय सदस्य मान बहादुर धामी, वैकल्पिक केन्द्रीय सदस्य जमन सिंह धामी, प्रदेश कमिटि सदस्य, जिल्ला समन्वय समिति संयोजक पदम राज पन्त, पार्टीका स्थानीय पालिकाका अध्यक्ष एवं पदाधिकारी लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?