जगतपुरी शिवधाममा कोटिहोम महायज्ञको अवसरमा गरियो त्रिपुरेश्वर महादेव स्थापना

जगतपुरी शिवधाममा कोटिहोम महायज्ञको अवसरमा गरियो त्रिपुरेश्वर महादेव स्थापना


दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वरमा रहेको जगतपुरी शिवधाममा सोमवार रुद्राभिषेक ग्रहशान्ति र त्रिपुरेश्वर महादेव स्थापना गरिएको छ | कार्तिक १ गतेबाट विश्व शान्ति, राष्ट्र शान्ति र पितृशान्तिको कामना गर्दै शुभारम्भ गरिएको कोटिहोम महायज्ञमा दैनिक बिहान/बेलुका राष्ट्रिय पण्डित श्री केशब राज ओझाको मुखारबिन्दुबाट प्रवचनका साथै आरती भजन कृतन, पुराण बाचन गरि रहेको जगतपुरी शिवधाम कोटिहोम महायज्ञ व्यवस्थापन समिति सचिव किशोर राज बिष्टले जानकारी दिए |

कात्तिक २१ गते समापन गरिने कोटिहोम महायज्ञमा ९ गते १०८ कन्या पूजन, १५ गते चर्मण्यावतीमा १ करोड १ लाख दीपप्रज्वलन गरी लाख बत्ती बाल्ने कार्यको उद्घाटन, १६ गते १०८ वटा गाईको दुग्ध धारा दिई गङ्गाको माताको सम्मान र १९ गते रुद्राभिषेक ग्रह शान्ति र त्रिपुरेश्वर महादेबको स्थापना जस्ता कार्य गरिएको कोटिहोम महायज्ञ व्यवस्थापन समिति सदस्य पूर्ण बहादुर साउँदले बताए |

धार्मिक, साँस्कृतिक र पर्यटकिय महत्व बोकेको यस धाममा महाशिवरात्रिमा भव्य मेला लाग्ने गर्छ | शिवधाम क्षेत्रको सर्वाङ्गिण विकास लागि राजनीतिक दल, तीन वटै सरकार, स्थानीय बुद्धिजीवी, समाजसेवी सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्न अनुरोध गर्दै यसका लागि आफू सधै लागि रहने साउँदले बताए |

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *