दार्चुला : दार्चुलामा २ किलो ६ सय १० ग्राम लागूऔषध चरेससहित एक जना पक्राउ परेका छन् । जिल्लाको मार्मा गाउँपालिका-३ बिटुलेका ३० वर्षीय लोकेन्द्र महर लागूऔषध चरेससहित पक्राउ परेका हुन् । चरेस बिक्रीवितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा खानतलासी गर्दा मंगलवार राती साढे आठ बजेतिर निज महरको घर/पसलबाट २ किलो ६ सय १० ग्राम चरेस फेला पारी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कान्ति राज जोशीले जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक किशोर ऐरीको नेतृत्वमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका महरमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?