काँग्रेसको सय दिने अभियान : यी हुन पालिकामा खटाइएका प्रतिनिधिहरु

काँग्रेसको सय दिने अभियान : यी हुन पालिकामा खटाइएका प्रतिनिधिहरु


दार्चुला : काँग्रेसको सय दिने विशेष अभियान अन्तर्गत दार्चुलाका ९ वटै स्थानीय तहमा प्रतिनिधि खटाइएको छ । केन्द्रीय सदस्यदेखि लिएर जिल्ला तहका नेताहरुलाई जिम्मेवारीसहित स्थानीय पालिकामा खटाइएको नेपाली काँग्रेस काँग्रेस दार्चुलाले जनाएको छ ।

जिल्लाको व्याँस गाउँपालिकामा जिल्ला कार्य समिति उपसभापति मान सिंह बुढाथोकी, महासमिति सदस्य शान्ति बम, महाधिवेशन प्रतिनिधि नरेन्द्र सिंह धामी, प्रदेश सभा क्षेत्र नम्बर १ सचिव हरि जोशी, नेविसंघका केन्द्रीय सदस्य नविन जोशी र जिल्ला कार्य समितिका सम्पूर्ण व्याँस गाउँपालिका अन्तर्गतका सदस्यहरुलाई खटाइएको छ । यस्तै दुहुँ गाउँपालिकामा महासमिति सदस्य जगदीश बहादुर पाल, पदम राज पन्त, राजमती पाल, प्रदेश सभा क्षेत्र नम्बर १ का सचिव पुस्कर राज जोशी, नेविसंघ केन्द्रीय सदस्य धिरेन्द्र साउँद र दुहुँ गाउँपालिकाबाट प्रतिनिधित्व गर्ने जिल्ला कार्य समिति सदस्यलाई खटाइएको छ ।

यस्तै महाकाली नगरपालिकामा पार्टी सचिव माधव प्रसाद भट्ट, महासमिति सदस्य बाशुदेव ऐतवाल, महाधिवेशन प्रतिनिधि धिरेन्द्र साउँद, प्रदेश सभा क्षेत्र नम्बर १ का उपसभापति बिरादत्त भट्ट, नेविसंघ केन्द्रीय सदस्य पूर्ण सिंह बोहरा र महाकाली नगरपालिकाबाट प्रतिनिधित्व गर्ने जिल्ला कार्य समिति सदस्यहरु र जेष्ठ नागरिक केन्द्रीय सदस्य चन्द्र सिंह सामन्त खटिएका छन् ।

लेकम गाउँपालिकामा जिल्ला कार्य समिति सचिव पुलेन्द्र बहादुर कार्की, महासमिति सदस्य शम्भु जोशी, महाधिवेशन प्रतिनिधि दिलिप सिंह बुढाथोकी, प्रदेश सभा क्षेत्र नम्बर १ का सभापति मन्दिर सिंह धामी, कोषाध्यक्ष लोकेन्द्र बहादुर बम, नेविसंघ केन्द्रीय सदस्य बिनोद सिंह रावल, लेकमबाट प्रतिनिधित्व गर्ने जिल्ला कार्य समिति सदस्य, नेपाल तरुण दलका केन्द्रीय सदस्य जीत बहादुर बम र महाधिवेशन प्रतिनिधि जयदेव जोशी खटिएका छन् ।

यस्तै मालिकार्जुन गाउँपालिकामा सहसचिव राजेन्द्र प्रसाद जोशी, महासमिति सदस्य गणेश राज भट्ट, महाधिवेशन प्रतिनिधि यशोदा तिंकरी, प्रदेश सभा क्षेत्र नम्बर १ का उपसभापति गोपाल सिंह कार्की, सचिव बिरु राम लुहार, नेविसंघका केन्द्रीय सदस्य एनपी जोशी, मालिकार्जुन गाउँपालिकाबाट प्रतिनिधित्व गर्ने जिल्ला कार्य समिति सदस्य र तरुण दलका केन्द्रीय सदस्य धन सिंह धामी खटिएका छन् ।

त्यस्तै नौगाड गाउँपालिकामा नेपाली काँग्रेस जिल्ला कार्य समिति कोषाध्यक्ष हंसराज भट्ट, केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य दिलेन्द्र प्रसाद बडू, महाधिवेशन प्रतिनिधि एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य बिक्रम सिंह धामी, महाधिवेशन प्रतिनिधि गणेश दत्त बडू, शुरेन्द्र बहादुर बम, प्रदेश सभा क्षेत्र नम्बर २ उपसभापति डम्बर कार्की, नेविसंघका केन्द्रीय सदस्य बिनोद जोशी, नौगाड गाउँपालिकाका जिल्ला कार्य समिति सदस्य, मार्मा गाउँपालिका उपाध्यक्ष शर्मिला सिंहलाई खटाइएको छ ।

मार्मा गाउँपालिकामा जिल्ला कार्य समिति सहसचिव राजु अवस्थी, महासमिति सदस्य हरक सिंह विष्ट, देवकी बोहरा, महाधिवेशन प्रतिनिधि गोकर्ण बहादुर चन्द, नेविसंघ केन्द्रीय सदस्य दिपकराज जोशी र मार्मा गाउँपालिकाबाट प्रतिनिधित्व गर्ने जिल्ला कार्य समिति सदस्य खटिएका छन् । जिल्लाको शैल्यशिखर नगरपालिकामा जिल्ला उपसभापति महादेव बडू (कस्यप), महासमिति सदस्य सुना बोहरा, गोवर्धन कोली, महाधिवेशन प्रतिनिधि आनन्दी पन्त, प्रदेश सभा क्षेत्र नम्बर २ का सचिव ईन्द्र सिंह ठगुन्ना, नेविसंघ केन्द्रीय सदस्य गणेश खत्री र नगरपालिकाबाट प्रतिनिधित्व गर्ने जिल्ला कार्य समिति सदस्यहरुलाई खटाइएको छ ।

अपिहिमाल गाउँपालिकामा पार्टी सभापति ललित सिंह बोहरा, महाधिवेशन प्रतिनिधि ईश्वरी जोशी, केशर भण्डारी, नेविसंघ जिल्ला कार्य समिति अध्यक्ष रमेश भट्ट र प्रदेश सभा क्षेत्र नम्बर २ का सभापति केशब बहादुर सिंह र अपिहिमाल गाउँपालिकाबाट प्रतिनिधित्व गर्ने जिल्ला कार्य समिति सदस्यहरुलाई खटाइएको छ ।

दार्चुलामा सय दिने अभियानको कात्तिक २३ गते उद्घाटन गरिएको थियो । स्थानीय तहमा मंसिर ५ गतेदेखि कार्यक्रम सञ्चालन गरिने काँग्रेसले जनाएको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *