दुहुँ–५ उपनिर्वाचन : काँग्रेस, एमाले र माओवादीबाट कुँवर, बडाल र कार्की उम्मेदवार

दुहुँ–५ उपनिर्वाचन : काँग्रेस, एमाले र माओवादीबाट कुँवर, बडाल र कार्की उम्मेदवार


दार्चुला : दुहुँ गाउँपालिका वडा नम्बर ५ मा हुने उपनिर्वाचनका लागि नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले उम्मेदवारको टुंगो लगाएका छन् । यसअघि काँग्रेस र एमालेले अध्यक्ष पदका लागि उम्मेदवारको टुंगो लगाएकोमा बुधवार माओवादी केन्द्रले पनि उम्मेदवारको टुंगो लगाएको हो ।

दुहुँ गाउँपालिका–५ मा अध्यक्ष पदका लागि हुने उपनिर्वाचनका लागि नेपाली काँग्रेसले धन बहादुर कुँवरलाई उम्मेदवार बनाएको छ । यस्तै नेकपा एमालेले मान सिंह बडाललाई उम्मेदवार उठाएको छ । बुधवार मात्रै नेकपा माओवादी केन्द्रले बीर सिंह कार्कीलाई उम्मेदवार बनाएको माओवादी केन्द्र जिल्ला समन्वय समिति दार्चुलाका संयोजक पदम राज पन्तले जानकारी दिए । तीन वटै पार्टीले अध्यक्ष पदका उम्मेदवार सर्वसम्मत टुंग्याएका हुन् ।

२०७९ सालको स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएका वडाअध्यक्ष मनोरथ भट्टको २०८० असार ११ गते मृत्यु भएपछि त्यहाँ मंसिर १६ मा उपनिर्वाचन हुन लागेको हो ।

दुहुँ गाउँपालिका–५ मा यो पटक दुर्गास्थान आधारभूत विद्यालयमा मतदानस्थल तोकिदा क र ख मतदान केन्द्र बनाइएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ । वडा नम्बर ५ मा १ हजार २ सय ७२ जना मतदाता रहेका छन् ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *