बोहराले छोडिन राप्रपा अध्यक्ष पद, दयालीको नेतृत्वमा तदर्थ समिति गठन

बोहराले छोडिन राप्रपा अध्यक्ष पद, दयालीको नेतृत्वमा तदर्थ समिति गठन


दार्चुला : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दार्चुलाका अध्यक्ष ईन्द्रा बोहराले अध्यक्ष पद छोड्दा प्रकाश दयालीको नेतृत्वमा तदर्थ समिति गठन गरिएको छ । मंगलवार राप्रपा जिल्ला कार्य समितिको बैठकले सहसचिव रहेका दयालीको नेतृत्वमा तदर्थको जिल्ला कार्य समिति गठन गरेको हो ।

राप्रपाको जिल्ला उपाध्यक्षमा सुरज सिंह ऐतवाल, कृष्ण बहादुर कुँवर र चक्र बहादुर बम रहेका छन् । यस्तै सचिवमा आन सिंह महरा तथा प्रवत्तामा नरेन्द्र धामी छन् । राप्रपाको सदस्यमा धन सिंह धामी, कल्याण सिंह धामी, मान सिंह खाती, दिपक बहादुर पाल, लक्ष्मी कार्की, धन सिंह धामी, जमन सिंह थापा, भान बहादुर चन्द, जय सिंह धामी, राजेन्द्र सिंह महता, नरेन्द्र बडाल कम्मन जुहारी र दिज बहादुर बम रहेका छन् ।

यसअघि अध्यक्ष रहेकी ईन्द्रा बोहराले कार्यव्यस्तता र घरायसी कामकाजका कारण पार्टीका गतिविधिमा अध्यक्षको भूमिकामा रहेका काम गर्न नसकिने बताएपछि अधिवेशन नहुन्जेलसम्म हाल सहसचिव प्रकाश दयालीको नेतृत्वमा तदर्थ समिति गठन गरिएको राप्रपा दार्चुलाका प्रवत्ता नरेन्द्र धामीले जानकारी दिए । बोहरा २०७८ फागुन २५ गते राप्रपा दार्चुलाको अध्यक्षमा चयन भएकी थिइन् ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *