दार्चुला : नेपाल टेलिकमको सेवामा समस्या देखिएको छ । मोबाइल र ल्यान्डलाइन टेलिफोन लगायतका सेवामा बिहान साढे १० बजेदेखि समस्या आएको हो । नेपाल टेलिकमको मोबाइल र टेलिफोनबाट फोन नलाग्ने र एसएमएस नजाने लगायतका समस्या देखिएका छन् ।
मोबाइल डेटा सेवा समेत प्रभावित छ । सेवामा समस्या आएकोबारे टेलिकमले केही जानकारी दिएको छैन् । टेलिकमको सेवा प्रभावित हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?