दार्चुलाका पालिकामा हुलाक स्थापना हुँदै, शैल्यशिखरमा स्थापना गरियो

दार्चुलाका पालिकामा हुलाक स्थापना हुँदै, शैल्यशिखरमा स्थापना गरियो


दार्चुला : नेपाल सरकारको ‘एक पालिका एक हुलाक’ नीतिअनुसार दार्चुलाका स्थानीय तहमा हुलाक कार्यालय स्थापना गरिन थालिएको छ । सो क्रममा मंगलवार जिल्लाको शैल्यशिखर नगरपालिकामा हुलाक कार्यालय स्थापना गरिएको छ । जिल्ला हुलाक कार्यालय दार्चुलाका निमित्त हुलाक अधिकृत बिरेन्द्र सिंह धामीको उपस्थितिमा एक कार्यक्रमका बीच शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरमा हुलाक कार्यालयको स्थापना गरिएको हो ।

पालिका हुलाक कार्यालय स्थापनाको थालनी शैल्यशिखर नगरपालिकाबाट सुरु भएको जिल्ला हुलाक कार्यालय दार्चुलाका निमित्त हुलाक अधिकृत धामीले बताए । यस्तै बुधवार जिल्लाको मार्मा गाउँपालिकामा हुलाक कार्यालय स्थापना गरिनेछ भने बिहीवार अपिहिमाल गाउँपालिकामा कार्यालय स्थापना हुनेछ ।

पालिकास्तरीय हुलाक कार्यालयमा खरिदारको नेतृत्वमा कर्मचारी परिचालन गरिने धामीले बताए । विगतमा इलाका र अतिरिक्त कार्यालयका रूपमा रहेका हुलाक कार्यालयलाई अब स्थानीय तहमा पालिका हुलाक कार्यालयका रुपमा सञ्चालन गरिन लागिएको हो । दार्चुलामा १० इलाका र ३२ अतिरिक्त हुलाक कार्यालय रहेका थिए ।

जिल्ला हुलाक कार्यालय रहेको महाकाली नगरपालिकामा हुलाक काउन्टर र जिल्लाका ८ पालिकामा हुलाक कार्यालय स्थापना गरिने जनाइएको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *