दुहुँ–५ उपनिर्वाचन : कसैको पनि भएन उम्मेदवारी फिर्ता, स्वतन्त्रलाई अर्ना चुनाव चिन्ह

दुहुँ–५ उपनिर्वाचन : कसैको पनि भएन उम्मेदवारी फिर्ता, स्वतन्त्रलाई अर्ना चुनाव चिन्ह


दार्चुला : दार्चुलाको दुहुँ गाउँपालिका–५ मा हुने वडा अध्यक्ष पदको उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिएको छ । बुधवार उम्मेदवारी फिर्ताको समय दिएकोमा कसैले पनि उम्मेदवारी फिर्ता लिएनन् । मनोनयन दर्ता गराएका उम्मेदवारहरुलाई चुनाव चिन्ह समेत प्रदान गरिएजो निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दुहुँ गाउँपालिका–५ मा तीन दलका सहित एक जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका थिए । वडाध्यक्ष पदका स्वतन्त्र उम्मेदवार लाल बहादुर कुँवरलाई अर्ना चुनाव चिन्ह प्रदान गरिएको छ ।

यस्तै नेपाली काँग्रेसका उम्मेदवार धनसिंह कुँवरलाई रुख चुनाव चिन्ह, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) का उम्मेदवार मान सिंह बडाललाई सूर्य चुनाव चिन्ह र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार वीर सिंह कार्कीलाई गोलाकार हँसिया हथौडा चुनाव चिन्ह प्रदान गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *