दार्चुला : प्रजातन्त्र सेनानी संघ जिल्ला कार्य समिति दार्चुलाको अध्यक्षमा गणेश सिंह धामी ‘बिबिसी’ चयन भएका छन् । शनिवार प्रजातन्त्र सेनानी संघका केन्द्रीय सदस्य सुरेन्द्र बहादुर चन्दको उपस्थितिमा एक कार्यक्रमका बीच धामीको अध्यक्षतामा जिल्ला कार्य समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा बिरा दत्त भट्ट र सचिवमा विक्रम सिंह रैखोला चयन भएका छन् । यस्तै सदस्यमा लाल बहादुर बम, गोपाल सिंह सामन्त, दान सिंह भाट, सुरेन्द्र प्रसाद अवस्थी, नरेन्द्र ठेकरे, चैते धामी, रघुवीर सिंह धामी, पारसा जोशी, उजल सिंह बोहरा, कम्मान सिंह चैसिर, वीर सिंह साउँद र सन्तोष दयाली चयन भएका छन् ।
यस्तै संघको प्रथम अधिवेशनबाट नेपाल प्रजातन्त्र सेनानी संघको केन्द्रीय महाधिवेशन प्रतिनिधि पनि गठन गरिएको छ । केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पदम सिंह कार्की, सुरेन्द्र प्रसाद अवस्थी, दान सिंह भाट , पारसा जोशी र सन्तोष दयाली चयन भएका छन्
यो खबर तपाईंलाई कस्तो लाग्यो?