चोर समात्न प्रहरीको सक्रियता, लुहार पक्राउ

चोर समात्न प्रहरीको सक्रियता, लुहार पक्राउ


दार्चुला : मंगलवार राती जिल्ला सदरमुकामस्थित महाकाली नगरपालिका–४ क्याम्पस रोडमा रहेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड दार्चुला शाखामा चोरी भयो ।

बुधवार बिहान करिब ७ बजेको समयमा बैंकका गार्डले चोरी भएको थाहा पाएपछि प्रहरीलाई खबर गरियो । प्रहरी माँझ खबर आएपछि जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालको नेतृत्वमा खटिएको प्रहरी टोलीले बिहान १० बजेको समयमा चोर पत्ता लगाइ नियन्त्रणमा लिएको छ।

प्रहरीमा खबर आउन साथ प्रहरी नायव उपरीक्षक दाहाल नेतृत्वमा खटिएको प्रहरी टोलीले महाकाली नगरपालिका–४ तल्लासैन बस्ने अन्दाजी २३ वर्षीय तुसार लुहारलाई बैंकबाट चोरेको नगद तथा अन्य समानसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कान्ति राज जोशीले जानकारी दिए ।

उनका अनुसार लुहारको घरमा रित पूर्वक खानतलासी गर्दा कोठाबाट बैंकबाट चोरी भएको नगद ८४ हजार पाँच सय रुपैयाँ, बैंकको ट्याग भएको कार्टुन र सो कार्टुन भित्र हेड सीसीटिभी क्यामेरा, एटीएम कार्ड, फिक्स डिपोजिट सर्टिफिकेट र बैंक स्टोर रुमबाट चोरी भएको खुकुरी र चोरी गर्दा प्रयोग भएको हेल्मेट तथा कपडा जुत्ता बरामद गरी निजलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका लुहारमाथि अदालतबाट ७ दिन हिरासतमा राख्ने अनुमति प्राप्त भएको सूचना अधिकारी जोशीले बताए ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *