प्रहरी र थुनुवाहरुको स्वास्थ्य परीक्षण

प्रहरी र थुनुवाहरुको स्वास्थ्य परीक्षण


दार्चुला : जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी तथा हिरासत कक्षका थुनुवाहरुको स्वास्थ्य परीक्षण गरिएको छ । शनिवार जिल्ला अस्पताल दार्चुलाका चिकित्सकहरुको टोलीले उनीहरुको स्वास्थ्य परीक्षण गरेको हो । ९८ जना प्रहरी र ५ जना थुनुवा गरी १ सय ३ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

चिकित्सकद्वारा प्रहरी कर्मचारी तथा थुनुवाहरुको रक्तचाप, मधुमेह, कान चेकजाँच लगायत स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए । स्वास्थ्य परीक्षण गरिएकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *