दार्चुला बहुमुखी क्याम्पसमा पहिलो पल्ट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको इकाई समिति गठन

दार्चुला बहुमुखी क्याम्पसमा पहिलो पल्ट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको इकाई समिति गठन


दार्चुला : सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पसमा राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थीको इकाई समिति गठन गरिएको छ । शुक्रवार क्याम्पसमा इकाइ समिति गठन गरिएको हो ।

दार्चुला बहुमुखी क्याम्पसको इकाइ समितिको अध्यक्षमा बसन्त कुमार लोहार, उपाध्यक्षमा हिक्मत सिंह धामी, बिमला रावत, सचिवमा जगदीश महरा, सह–सचिव मेनुका धामी कोषाध्यक्षमा साजन बोहरा चयन भएका छन् ।

यस्तै सदस्यहरुमा चन्द्र सिंह धामी, हरिश जोशी, प्रतिभा कुँवर, मिलन सिंह बोहरा, पुस्कर टमटा, रविन्द्र बोहरा, कल्यान धामी र ज्योती अवस्थी चयन भएको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष नवीन जोशीले जानकारी दिए । दार्चुला बहुमुखी क्याम्पसमा राप्रपाको विद्यार्थी संगठनले इकाई समिति गठन गरेको यो पहिलो पटक हो ।

राप्रपा जिल्ला अध्यक्ष प्रकाश दयाली, उपाध्यक्ष चक्र बम, कृष्ण बहादुर कुँवर, प्रवत्ता नरेन्द्र सिंह धामी, सल्लाहकार नरेन्द्र बहादुर बम, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष नविन जोशीको उपस्थितिमा इकाई समिति गठन गरिएको जोशीले बताए ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a reply

  • Facebook Comments